‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला

काठमाडौैं । बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० विधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेदि चैत ११ गतेसम्म फारम खुल्ला रहनेछ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।

अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिनेछ । फारम दर्ता शुल्क नेपालबाट १ हजार रुपैयाँ र विदेशबाट १ हजार ५ सय रुपैयाँ लाग्नेछ । अवार्डमा एस। एम। एस। भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत हुने आयोजकले जनाएका छन् । मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले लिएका छन् ।

गीत संगीत, टेलिसियल र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर अवार्ड गर्न लागिएकोे र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिने बताए । डिबी बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा कलाकार, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहको थियो । कार्यक्रम सञ्चारकर्मी राजाकुमार रायमाझीले सञ्चालन गरेका थिए । साथै अवार्डको आवेदन फारम भर्नको लागि ९७६२४५२२९७ (बिरिसु मिडिया)लाई संपर्क गर्न सकिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्