प्रथम उपमेयर रनिङ कप : आज तीन खेल सम्पन्न, सेमिफाइनलको समीकरण पुरा  

देबेन्द्र बानियाँ

ताप्लेजुङ । हिजोबाट जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएको छ । फुङलिङको श्री भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा भइरहेको उक्त खेलमा आज तीन खेल सम्पन्न भए सँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।

आज भएको खेलमा सिरिजङ्गा गाउँपालिकाले सिदिङ्वा गाउँपालिकालाई पराजित गरेको छ । सिदिङ्वालाई ट्राइबेकरमा ४-२ को अन्तरले पराजित गर्दै सिरिजङ्गा सेमी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै आज नै सम्पन्न भएको खेलमा फक्ताङ्लुङ गाउँपालिका लाई २-० गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिका पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।  

यस्तै आठराई त्रिवेणी र मिक्वाखोला गाउँपालिका बीच भएको खेलमा आठराई त्रिवेणी गाउँपालिकाले ६-० गोल अन्तरको जित हासिल गरेको छ । यो सँगै आठराई त्रिवेणी गाउँपालिका पनि सेमिफाइनलमा प्रवेश गरेको छ । नारी दिवसको अवसरमा फुङ्लिङ नगरपालिकाद्वारा आयोजित महिला फुटबल खेल फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिनसम्म सञ्चालन हुने खेल संयोजक क्षितिज सुनुवारले जानकारी दिएका छन् । 

भोलि सेमिफाइनल खेल हुने भएको छ । सेमिफाइनलमा फुङ्लिङ नगरपालिका र मेरिङदेन गाउँपालिका आठराई त्रिवेणी र सिरिजङ्गा गाउँपालिकाको प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको विजेताले  एक लाख ११ रुपियाँ राशिको नगद पुरस्कार र ट्रफी प्राप्त गर्दा दोस्रो हुनेले ५५ हजार ५०० रुपियाँ सहित ट्रफी प्राप्त गर्ने  खेल संयोजक क्षितिज सुनुवार ले रेडियो काबेली लाई जानकारी दिए।

तस्तै प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्टका आधारमा विधागत पुरस्कार प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्