महिलाको नेतृत्वले मात्र विकास सम्भव हुन्छ : मन्त्री तावा 

साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावाले महिलाहरूको नेतृत्वले मात्र विकास सम्भव हुने बताएकी छन् । नारी दिवसको अवसर पारेर आजबाट सुरु भएको प्रथम महिला उपमेयर कपको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । 

उनले भनिन् “समाज, टोल, जिल्ला, क्षेत्र, प्रदेश, संघ साथै विभिन्न सङ्घसंस्थाहरूमा महिलाको सम्मान हुदैन तब सम्म विकाशले गति लिन सक्दैन । ”मातृ सत्ताको पर्खाइ रहेर मात्र महिलाहरूको अधिकार पुरा नहुने चेतनाको आवश्यक पर्ने उनले बताइन् । 

महिला नेतृत्वलाई कमजोर बनाउन विभिन्न योजना बन्ने गरेको बताउँदै उनले भनिन्, “महिला नेतृत्वलाई असफल र कमजोर बनाउनमा पुरुष नेतृत्वहरूले महिलालाई उपयोग गरिएको हुन्छ । यो प्रवृत्तिबाट हाम्रो जिल्ला पनि चोखो छ भन्न सकिन्न । त्यसैले हामी महिलाहरू सचेत हुन जरुरी छ ।”

अब महिला नेतृत्वका लागि र समानताका लाीग महिलाले महिलाको आवाज उठाउन जरुरी रहेको अवगत गराइन् । आफू कोशी प्रदेशको स्वास्थ्य मन्त्री भएता पनि ताप्लेजुङको विकास र हितका लागि जस्तो सुकै काम गर्न तयार रहेको उनले बताइन् ।

साथै नगरपालिकाले पहिलो पटक महिलाहरूका लागि उपमेयर कपको सुरुवात गरी इतिहास रच्न सफल भएको भन्दै आयोजक टिमलाई धन्यबाद दिएकी छन् । 


प्रतिक्रिया दिनुहोस्