ताप्लेजुङ रनको उपाधि मैवाखोलाका प्रकाश र सोमपाल्मुलाई प्रकाशित मिति : 28 January, 2023 5:34 pm ताप्लेजुङ । ताप्लेजुङमा ताप्लेजुङ रन सम्पन्न भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ ताप्लेजुङ रन संस्थाले दौड गर्न सुरु गरेको एक सय हप्ता पुगेको अवसरमा सो दौड प्रतियोगिता भएको हो । रनको १० किलोमिटर खुल्ला दौड पुरुषतर्फ मैवाखोला–०३ का प्रकाश लिम्बु प्रथम भएका छन् भने फत्ताङलुङ ३ लिङखिमका दिवस लिम्बु द्धितिय र झापा विर्तामोडका समिर कन्दङवा तृतिय भएका छन् । प्रथम हुने लिम्बुले निर्धारित दुरि ३४.२१ मिनेटमा पुरा गरेका थिए भने द्धितिय र तृतिय हुने लिम्बु र कन्दङ्वाले निर्धारित समय क्रमश ३५.०४ मिनेट र ३६.११ मिनेटमा पुरा गरेका थिए । त्यस्तै १० किलोमिटर महिलातर्फ मैवाखोला ५ फाकुम्बाकी सोमपाल्मु शेर्पा प्रथम भएकी छन् । उनेले निर्धारित दुरि ४७.१८ मिनेट पुरा गरेकी थिईन । फुनपा ९ की आरती गुरुङ द्धितिय भएकी छन् । उनले निर्धारित दुरि ५१.४९ मिनेट पुरा गरेकी थिईन भने मिक्वाखोलाकी लाक्पा डोमा शेर्पा ५२.०७ मिनेट निर्धारित दुरी पुरा गर्दै तृतिय भएकी छन् ।विजेता भएसँगै महिला र पुरुष दुवैतर्फ समान प्रथमले १०,द्धितियले ५ र तृतियल ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै आजै भएको १२ वर्ष देखि १६ वर्ष उमेर समुहको ५ किलोमिटर दौडको पुरुषतर्फ साजन लिम्बु प्रथम भएका छन् । उनले निर्धारित दुरि १९.४९ मिनेटमा पुरा गर्दै प्रथम भएका हुन् । दिसन राई द्धितिय भएका छन् उनले निर्धारित दुरि २०.१६ मिनेटमा पुरा गराएका थिए भने सविन वि.क.२०.३० मिनेटमा निर्धारित दुरि पुरा गर्दै तृतिय भएका छन् । ५ किलोमिटर दौडको महिलातर्फ निर्धारित दुरि २५.३७ मिनेटमा पुरा गर्दै पेम्बा लामु शेर्पा प्रथम भएकी छन् । त्यस्तै दमककी रुपा राई २६.४६ मिनेटमा निर्धारित दुरि पुरा गर्दै द्धितिय बन्दा जमुना शेर्पा २९.१७ मिनेटमा निर्धारित दुरि पुरा गर्दै तृतिय भएकी छन् । विजेता भएसँगै महिला पुरुष दुवैतर्फ प्रथमले ७ हजार, द्धितियले ४ हजार र तृतियले २ हजार मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै ७ देखि ११ वर्ष उमेर समुहको ३.५ किलोमिटर दौडको पुरुषतर्फ निर्धारित दुरि १३.४७ मिनेटमा पुरा गर्दै रोहित शंकर प्रथम भएका छन् भने १३.४८ मिनेटमा दुरि पुरा गर्दै एलन गुरुङ द्धितिय भएका छन् । त्यस्तै रविन वि.क. तृतिय भएका छन् उनले निर्धारित दुरि १३.३४ मिनेटमा पुरा गरेका थिए । ३ किलोमिटर दौडको महिलातर्फ दिविसा खवास निर्धारित दुरि १५.३१ मिनेटमा पुरन गर्दै प्रथम, १५.३३ मिनेटमा निर्धारित दुरि पुरा गर्दै लोजिमा लिम्बु द्धितिय र १७.९४ मिनेटमा निर्धारित दुरि पुरा गर्दै नुमा लिम्बु तृतिय भएकी छन् ।विजेता भएसँगै महिला र पुरुष दुबैतर्फ समान प्रथमले ५ हजार द्धितियले ३ हजार,र तृतियले १ हजार पाँच सय सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।