ताप्लेजुङ रन प्रतियोगिता माघ १४ गते हुने


ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा ताप्लेजुङ रन हुने भएको छ । “स्वास्थ्य शरिर सुन्दर मन,स्वास्थ्य नै सबैभन्दा ठुलो धन,रन रन ताप्लेजुङ रन,लागु औषध दुव्र्यसनी विरुद्ध हाम्रो अभियान”भन्ने मुलनाराका साथ ताप्लेजुङ रन संस्थाले दौड गर्न सुरु गरेको एक सय हप्ता पुगेको अवसरमा सो दौड प्रतियोगित आयोजना गर्न लागिएको हो ।

ताप्लेजुङ रनले दौड गर्न सुरु गरेको एक सय हप्ता पुगेको अवसरमा यहि माघ १४ गते शनिबार दौड प्रतियोगिताको आयोजना गरिएको ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले बताए । प्रतियोगितामा ७ वर्ष देखि ११ वर्ष उमेर समुहका लागि ३।५ किमि, १२ वर्ष देखि १६ वर्ष उमेर समुहका लागि ५ किमि दौड र १७ वर्ष भन्दा माथि १० किमि खुल्ला दौड गरि तिन उमेर समुह विभाजन गरेर प्रतियोगीता आयोजना गरिएको छ ।

प्रतियोगितामा महिला र पुरुष दुबैतर्फ समान पुरस्कार राखिएको छ । ७ वर्ष देखि ११ वर्ष उमेर समुह अन्तर्गत प्रथम ५ हजार द्धितियले ३ हजार,र तृतियले १ हजार पाँच सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै १२ वर्ष देखि १६ वर्ष उमेर समुहका लागि प्रथमले ७ हजार, द्धितियले ४ हजार र तृतियले २ हजार मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने १७ वर्ष भन्दा माथि खुल्ला दौडमा प्रथमले १० हजार, दितियले ५ हजार र तृृतिय ३ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानाएको छ ।


प्रतिक्रिया दिनुहोस्