पुस २७ गतेको सार्वजनिक बिदा नेपाल एकीकरण गर्ने नायकको सम्मानका लागि : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताएका छन् ।

सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले पुस २७ गते दिने सार्वजनिक विदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभएर नेपाल एकीकरण गर्ने एउटा नायकको सम्मान भएको बताएका हुन् ।

उनले पुस २७ गते धेरै महत्वपूर्ण राष्ट्रिय पर्व भएकाले सरकारले सार्वजनिक बिदा दिन स्वागतयोग्य भएको बताए ।

सचिव भट्टराईले संसदमा राजनीतिक दलहरुको संख्या सत्ता शक्ति बदलियको भन्दै बदलिएको सन्दर्भमा सबै राजनीतिक दलहरुसँग सहमति कायम गरेर निजामति विद्येयकलाई अगाडि बढाउने बताए ।


प्रतिक्रिया दिनुहोस्