तमु ल्होसारको अवसरमा सम्पन्न भएको ‘वडा स्तरीय भलिबल प्रतियोगिता’को उपाधि फु.न.पा. १० लाई
ताप्लेजुङ । तमु ल्होसार २०७९ सालको अवसरमा सम्पन्न भएको ‘वडा स्तरीय भलिबल प्रतियोगिता’को उपाधि फु.न.पा. वडा नं. १० ले हात पारेको छ । हिजोबाट फुङलिङ नगरपालिकामा रहेको भीमकाली गुल्मको मैदानमा सुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।
आज भएको फाइनल खेलमा पाथिभरा याङवरक गाउँपालिका वडा नं. १ लाई फु.न.पा. १० ले ३९० को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद रु ६१ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै दोस्रो हुनेले नगद रु. ३५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल समितिका उप संयोजक लक्षमण गुरुङले जानकारी दिएको छ । यस्तै म्याराथन प्रतियोगिता पनि सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा पुरुष तर्फ फक्ताङलुङ गाउँपालिकाका दिवश लिम्बू र महिला तर्फ मिक्वाखोला गाउँपालिकाकी पेम्बा ल्हामु शेर्पाले उपाधि हात पारेका हुन् ।
यस्तै बुद्धिचाल प्रतियोगिता जारी रहेको बुद्धिचाल समितिका संयोजक राजकुमार गुरुङ जानकारी गराएका छन् ।