काठमाडौं । दोलखामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना करिव अन्तिम चरणमा पुगेको छ । नेकपा माओवादी (केन्द्र)का गंगा कार्की “विश्व” र नेकपा एमालेका बालकृष्ण शिवाकोटीबिच कडा प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की (विश्व) एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रस्थानमा देखिएका छन् । कार्कीले ३३ हजार ७ सय ७ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १ सय १४ मात्रै रहेको छ ।
कहिले कार्की त कहिले शिवाकोटी अगाडि पछाडि देखिन थालेका छन् । थोरै मतको अग्रता देख्दा माओवादी र एमाले दुवै आफ्नो पक्षमा नतिजा आउनेमा आशावादी देखिएका छन् ।

यो समाचार तयार पार्दासम्म विगु गाउँपालिका वडा नम्बर १ लामावगर, वडा नम्बर २ ओराङ, शैलुङ गाउँपालिका वडा नम्बर १ दुधपोखरी, वडा नम्बर २ भुषाफेदा र मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीको मत गन्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्