गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड बुधबार ताप्लेजुङ आउँदै ताप्लेजुङ । माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड बुधबार ताप्लेजुङ आउने भएका छन् । बाम लोकतान्त्रिक गठबन्धन ताप्लेजुङ जिल्लाको जिल्ला स्तरीय चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड ताप्लेजुङ आउने भएका हुन् । उनि सँगै नेपाली काँग्रेसका प्रवता डा.प्रकाश सरण महत साथै नेकपा एकिकृत समाजवादीका उपमहा सचिव डा.गंगालाल तुलाधार पनि ताप्लेजुङ आउने बाम लोकतान्त्रिक गठबन्धन जिल्ला स्तरी निर्वाचन परिचालन तथा प्रचार–प्रसार समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिएका छन् । ताप्लेजुङमा नेपाली काँग्रेस,माओवादी केन्द्र र एकिकृत समाजवादी (एस)को गठबन्धन गरेर चुनावमा होमिएका छन् । एक प्रतिनीधि र दुई प्रदेशसभा निर्वाचन क्षेत्ररहेको जिल्लामा गठबनधनले प्रतिनीधि सभातर्फ माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला ईन्चार्ज खेल प्रसाद बुढाक्षेत्री (पराग) लाई उम्मेदवारको रुपमा अघि सारेको छ । त्यस्तैगरी प्रदेश सभा क तर्फ एकिकृत समाजवादा खेम बहादुर वनेम र प्रदेश सभा ख तर्फ तरुण दल जिल्ला सभापति तथा नेपाली काँग्रेका क्षेत्रीय सभापति खगेन सिंह हांगामलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।