नेपाल आयल निगमले माग्यो कर्मचारी प्रकाशित मिति : 21 October, 2022 9:24 am काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । निगमले एक सूचना जारी गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ । बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् । दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ ।