अष्टलक्ष्मी शाक्यद्धारा उम्मेदवार बन्न अस्वीकार : काठमाडौं ८ मा अब को ?

काठमाडौं । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न अस्वीकार गरेपछि काठमाडौं ८ मा एमालेलाई उम्मेदवार खोज्न सकस परेको छ ।

उक्त क्षेत्रका स्थापित नेताहरू पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा लागेपछि एमालेले शाक्यलाई नै अगाडि बढाउन चाहेको थियो ।

तर, शाक्यले संसदीय राजनीतिबाट नै विदा लिने भन्दै उम्मेदवार बन्न अस्वीकार गर्दै आएकी छिन् । सोही कारण अहिले एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने चासोको विषय बनेको छ ।

उम्मेदवारी दर्ता गर्नुभन्दा अघिल्लो दिन अर्थात २२ असोजमै अध्यक्ष केपी ओलीलाई शाक्यले आफ्नो विकल्प खोज्न आग्रह गरिसकेकी छिन् । अष्टलक्ष्मी शाक्यले उम्मेदवार नबन्ने भन्दै ओलीलाई दिइन् दुुई विकल्प शाक्य पछि सरेपछि काठमाडौं ८ मा एमालेले कसलाई उम्मेदवार बनाउने अहिलेसम्म टुंगो नलागेको एमालेका एक नेताले जनाए ।

यद्यपी, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाउन सकिने विकल्पमा छलफल भएको छ । त्यसैगरी, काठमाडौं जिल्लाका पूर्वसंयोजक सुरज वैद्य अर्को विकल्पको रूपमा छन् । तर,अध्यक्ष ओलीले अहिलेसम्म प्रष्ट पारिसकेका छैनन ।


प्रतिक्रिया दिनुहोस्