योगेश भट्टराईले ताप्लेजुङबाट पाए टिकट, प्रदेशमा तिलकुमार र मणिशंकर प्रकाशित मिति : 7 October, 2022 7:49 pm काठमाडौं । नेकपा एमालेले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । यो पटक भट्टराईसँगै तिलकुमार मेनेङ्बो आकांक्षी थिए । मेनेङ्बोलाई प्रदेशसभामा राखेर योगेशलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ । मेनेङ्बो ‘क’ र मणिशंकर पोमोलाई ‘ख’को उम्मेदवार बनाउने तय भएको एमालेका नेताहरुले बताएका छन् ।