खेबाङ गोल्डकपको उपाधि सुरुम्खिमको लालीगुराँसलाई
ताप्लेजुङ । खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले हात पारेको छ ।
सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न भएको उक्त प्रतियोगितामा पाहुना टोली पाँचथरको कुम्मायक गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै लालीगुराँसले उपाधि हात पारेको हो ।
वडादशैँको अवसरमा आयोजित खेबाङ गोल्डकपको उपाधि चुम्दै लालीगुराँस क्लबले ट्रफीसहित एकलाख २५ हजार ५५५ रुपियाँ नगद पुरस्कार पाएको छ । उपविजेता बनेको पाँचथरको कुम्मायक गाउँपालिकाले नगद ६५ हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपर्यो ।
सोमबार सम्पन्न उक्त प्रतियोगितामा पाँचथरका तीनसहित १० टोलीको सहभागिता रहेको थियो ।