बाबुराम भट्टराईले मंसीर ४ को प्रतिनिधिसभा चुनाव नलड्ने प्रकाशित मिति : 4 October, 2022 7:40 am काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा उनले आभार व्यक्त गरेका छन् । आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन् ।