अमेरिकी डलरको भाउ नयाँ उचाइमा, नेपाली मुद्रा हालसम्मकै कमजोर प्रकाशित मिति : 23 September, 2022 8:58 am काठमाडौं । डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले शुक्रबार नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकको अनुसार शुक्रबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १२९ रुपैयाँ ६८ पैसा खर्च गर्नु पर्ने भएको छ । बिहीबार अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको छ । शुक्रबार एकैदिन डलरको भाउ झण्डै साढे १ रुपैयाँले बढेका छ । यसअघि डरलको भाउ गत साउन ५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो। अहिले डलरको भाउ पुनः सो विन्दु भन्दा माथि पुगेको छ ।