१० प्रतिशत आईपीओ वैदेशिक रोजगारका कामदारलाई

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओ निष्कासन गर्दा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दा कम्तिमा १० प्रतिशत शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउने व्यवस्था गरिने घोषणा गरेका थिए । बजेट घोषणाको करीब ४ महिनापछि बजेट बक्तव्यको उक्त प्रस्ताव कार्यान्वयनमा आउने भएको हो ।

नेपाल धितोपत्र बोर्ड ९सेवोन०ले सोमबार धितोपत्र दर्ता तथा निष्कासन (छौटौं संशोधन) नियमावली, २०७९ जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई सुविधा दिने व्यवस्था गरेको हो । यो व्यवस्थाले कामदारको आर्जन पूँजी निर्माणमा आई उनीहरू स्वदेश फर्केपछि लाभ पाउने अपेक्षा गरिएको छ ।

आईपीओ भर्नका लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट धितोपत्र बोर्डबाट धितोपत्र खरिद र दरखास्त संकलन सम्बन्धी कार्य गर्न रेमिट्यान्स बचत खाता खोल्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।

हाल सामुहिक लगानी कोष म्युचुअल फण्डहरूले प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओमा पाँच प्रतिशत शेयर पाउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्