माग सम्बोधन नभएको भन्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी दिएका छन् ।

नेपाल आयल निगम समक्ष पटक–पटक डिजेल बाहेक अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भडा वृद्धिको माग गर्दै आपनि व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

महासंघले हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा महासंघको प्रतिनिधिसमेत रहेको कार्यदलले पेस गरेको प्रतिवेदनअनुसार हुने ढुवानी भाडा भदौ २४ सम्ममा समायोजन गर्न माग गरेका छन् ।

सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएका कारण हालको खर्चबाट टैंकर सञ्चालन गर्न ठूलो नोक्सानी हुने गरेकाले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने चेतावनी दिएका छन् ।

भदौ २५ देखि सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने निर्णय निर्णय गरेका छन् । आन्दोलनका अन्य कार्यक्रम भाद्र २६ गते जानकारी दिने महासंघले जनाएको छ । असोज १ गतेबाट आन्तरिक ढुवानीसमेत गर्न नसकिने नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्