ताप्लेजुङका ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरुका लागि ६ करोड प्रकाशित मिति : 5 September, 2022 8:41 am ताप्लेजुङ । ताप्लेजुङमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरूमा ६ करोड रकम विनियोजन भएर मर्मत सम्भार तथा जिर्णोद्धारका काम भएको छ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा ताप्लेजुङका २२ गुम्बाहरूको मर्मत सम्भार तथा जिर्णोद्धारका लागि उक्त रकम विनियोजन भएको हो । पर्यटन मन्त्रालय अन्तर्गत पुरातत्व विभागबाट फक्ताङलुङ ६ मा रहेको दिकिछ्योलिङ गुम्बा सम्पदा संरक्षण तथा जिर्णोद्धार गत साल ४० लाख अघिल्लो वर्ष र यस वर्ष १ करोड बजेट विनियोजन भएको हो । ४ करोड लागत लाग्ने यस गुम्बालाई पुरातत्त्व विभागले उच्च प्राथमिकतामा राखी क्रमागत बजेट शीर्षकमा राखी नियमित रुपमा रकम विनियोजन गर्ने बताईएको छ । यता बौद्ध दर्शन तथा गुम्बा विकास समितिका तर्फबाट आठराई त्रिवेणी गाउँपालिकामा रहेको साङछ्यो पाल्ल्देन गुम्बामा ७ लाख, आठराई त्रिवेणी गाउँपालिका १ मा रहेको श्रीसाङ्गे साङ छयोलिङ बौद्ध गुम्बामा ७ लाख र फक्ताङलुङ गाउँपालिका ६ मा रहेको छ्योलिङ गुम्बामा १० लाख रकम विनियोजन भएको बताइएको छ । यस्तै फक्ताङलुङ गाउँपालिका ४ मा रहेको तामाङ समाज टासी ठेन्डुक लिङगेन बौद्ध गुम्बामा १० लाख, फक्ताङलुङ गाउँपालिका २ मा रहेको श्री जिन्दाग क्ष्योसाङ गुम्वामा १० लाख, फुङलिङ नगरपालिका ६ मा रहेको काम्छाङ छयोइङ ग्यासालिङ थार्पालिङ गुम्बामा १० लाख, फुङलिङ नगरपालिका ८ मा रहेको ङाग्युर मिङमा डोकुन थार्पालिङ गुम्बालाई ७ लाख, फुङलिङ नगरपालिका २ मा रहेको दाङवोगोला गुम्बा निर्माणका लागि ५ लाख १० हजार र मिक्वाखोला ४ मा रहेको टासी छोलिङ गुम्बामा ७ लाख रकम विनियोजन भएको हो । यसैगरी फुङलिङ ८ मा दोखुमा रहेको तामाङ्ग गुम्बाको पूर्वाधार निर्माणका लागि ५ लाख ३० हजार, मिक्वाखोला गाउँपालिका ४ मा रहेको टासी छोकर गुम्बामा ७ लाख, मेरिङदेन गाउँपालिका ५ मा रहेको युलुङ ञिङम छयोलिङ गुम्बाका लागी १० लाख मैवाखोला गाउँपालिकामा रहेको टासी छेलिङ गुम्बाका लागि ७ लाख र मैवाखोला गाउँपालिका ३ मा रहेको उर्गेन छयेलिङ गुम्बाका लागि ७ लाख रकम विनियोजन भएको छ । साथै सिदिङ्गवा गाउँपनिलका ४ मा रहेको निङमा टासी छ्योलिङ गुम्बाका लागि ७ लाख, सिरिजङ्गा गाउँपालिका ८ मा रहेको साङ छोलिङ गुम्बाका लागि १० लाख, मैवाखोला गाउँपालिका २ मा रहेको साङाडिकी छोलिङ गुम्बाका लागि ७ लाख ५० हजार र सिरिजंगा गाउँपालिका ८ मा रहेको सागाछोलिङ गुम्बाका लागि १० लाख रकम विनियोजन भई काम भएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाँईले जानकारी दिएका छन् ।