चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा प्रकाशित मिति : 3 September, 2022 12:30 pm एजेन्सी । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गरेका छन् । राजदूत डेनिसोभस आफ्नो कार्यावधि सकेर स्वदेश फिर्ता हुँदै छन् । सो अवसरमा मन्त्री वाङले चीन-रुस सहयोग प्रवर्द्धन र दुई राष्ट्रबीचको मित्रता र पारस्परिक विश्वासको अभिवृद्धिमा राजदूत डेनिसोभको कार्य उल्लेखनीय रहेको भन्दै उच्च प्रशंसा गरेका छन् । सोही अवसरमा उनले द्विपक्षीय सम्बन्धको विकासमा उनको निरन्तर योगदानको अपेक्षा गरिएको बताएका छन् । डेनिसोभले चीनमा आफ्नो कार्यावधिको क्रममा चीनले सबै पक्षमा हाँसिल गरेको अतुलनीय उपलब्धि देखेको र भविष्यमा पनि चीनले अझ ठूलो उपलब्धि हाँसिल गर्ने विश्वास समेत लिएको बताएका छन् ।