विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो, नेपालमा के होला ? प्रकाशित मिति : 26 August, 2022 9:07 am एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार तीन साताको उच्च विन्दुमा पुगेको छ । तिव्र गतिमा विश्वको परिवर्तन भइरहेको विश्वव्यापी परिदृश्यकाबीच एक पटक पुनः अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने संकेत देखिएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार एशियाली बजारमा तेलको मूल्य बढ्ने सम्भावना देखिन्छ । यसअघि विश्व बजारमा बुधबारको सुरुवाती कारोबारमा अमेरिकी क्रुड ३४ सेण्टले बढेर प्रति ब्यारेल ९५.२३ डलर पुगेको थियो । यस्तै ब्रेण्ट क्रुड प्रति बयारेल ५१ सेण्टले बढेर १०१.७३ पुग्यो । तेल व्यापारीका निकट श्रोतका अनुसार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुने अनुमानका प्रमुख दुई कारण छन् । पहिलो कारण ओपेकले कच्चा तेलको उत्पादनमा कटौती गर्न सक्ने साउदी अरबले बताएको छ । साउदी अरबको यस चेतावनीपछि कच्चा तेलको मूल्यमा उछाल आएको हो । विश्वको बेंचमार्क ब्रेण्ट क्रूडले गत मंगलबार कच्चा तेलको मूल्य प्रति बयारेल १००.२२ डलर निर्धारण गरेको थियो । ओपीईसीका श्रोतक अनुसार तेल उत्पादक देशहरुकातर्फबाट हुने कुनै पनि किसिमको कटौतीले तेलको मूल्य बढ्न सक्दछ । विश्व बजारमा कच्चा तेलको मूल्य बढेमा नेपालमा पनि तेलको मूल्य पुनः बढ्न सक्ने छ ।