आठराइ त्रिबेणी गाउँपालिकामा कक्षा ११ र १२ अध्ययन गर्ने बिद्यार्थीलाई निःशुल्क

काठमाडौं ।  ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाले पालिका भित्रकै सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने विधार्थीहरुका लागि कक्षा ११ र १२ निःशुल्क बनाएको छ । ११ र १२ अध्ययन गर्ने बिद्यार्थीको शुल्क गाउँपालिकाले व्यहोर्न थालेको हो ।

गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन )का अनुसार पालिका भित्र कक्षा ११ र १२ पढाई हुने तीनवटा बिद्यालय रहेका छन् । जसमा सरस्वती माध्यमिक बिद्यालय हाङ्पाङ, दुर्गा मावि फुलवारी र चाँगे मावि  रहेका छन् । 

पोमुका अनुसार उक्त शुल्क बापत गाउँपालिकाले सरस्वती मावि हाङपाङ र दुर्गा मावि फुलवारीलाई ६–६ लाख र चाँगे माविलाई ४ लाख रुपैंया भुक्तानी गरेको छ । यस्तै गाउँपालिकाले पालिकाभरीका ७ जना बिद्यार्थीलाई प्राविधिक बिषय अध्ययनका लागि छात्रबृतिको समेत व्यवस्था गरेको छ । 

यस्तै पालिकाले चाँगेस्थित छातेढुङ्गा माविमा अध्ययन गरेका ग्याल्बु शेर्पा र सपत तामाङ, चाँगे मावि अध्ययनमा गरेका राजन मगर, सरस्वती मावि हाङपाङमा अध्ययन गरेका सूर्यमणि दाहाल, दुर्गा मावि फुलवारीमा अध्ययन गरेकी गुञ्जन प्रधान, गुप्तेश्वर मावि फुलवारी अध्ययन गरेकी निमा तामाङ र सरस्वती मावि रमितेमा अध्ययन गरेकी सुमिना लिम्बूलाई उच्च शिक्षातर्फ प्राविधिक बिषय अध्ययन गर्न बार्षिक जनही १–१ लाख रुपैंयाका दरले छात्रबृत्ति दिदैं आएको  छ । 

उनीहरुलाई कोर्ष पूरा नभइञ्जेल सम्मका लागि बार्षिक रुपमा जनही १–१ लाख रुपैंयाका दरले छात्रबृत्ति दिईरहने समेत पालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्