कतिमा कारोबार हुँदैछ सुनचाँदी
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
गत शुक्रबार प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर पनि प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।