एसइईमा ९ हजार ६३३ जना उच्च श्रेणीमा उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा सार्वजनिक गरेको छ ।
बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो ।
बोर्डका अनुसार यस वर्षको परीक्षामा ९ हजार ६३३ जनाले उच्च श्रेणीमा उत्तीर्ण भएका छन् । उनीहरुले ३।६ देखि ४ जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
यो कूल परीक्षार्थीको १.९४ प्रतिशत हो ।