समयमै काम नगर्ने ९ कम्पनी कालोसूचीमा प्रकाशित मिति : 25 July, 2022 10:12 am काठमाडौं । समयमै काम नगर्ने ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कारबाही गर्दै कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ९ वटा कम्पनीलाई कालोसूचीमा राखेको हो । ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । अब यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कालो सूचनामा राखिएका कम्पनीहरुमा बीटीरशिवराम जेभी (काठमाडौं), अमन एन्ड इसा कन्स्ट्रक्सन (कैलाली), शिवरामरसिद्धगढी जेभी (दोलखा), आकाश एन्ड पवन कन्स्ट्रक्सन (कञ्चनपुर), दिनेशचन्द्र आररनागार्जुनरकोशी एन्ड न्यौपाने जेभी (काठमाडौं), रहेका छन् । यस्तै आकाश एन्ड पवन पवन कन्स्ट्रक्सन (कञ्चनपुर), रुजन–जगददम्बा–भुवनेश्वरी एन्ड भैभव जेभी (खोटाङ), ड्रप स्पलाई एन्ड सर्भिसेज (काठमाडौं) र थोकररनिभारलयुल जेभी (काठमाडौं) छन् ।