वैदेशिक रोजगारीका क्रममा विदेशमामा अलपत्र परेका डिलबहादुरको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए ।

कोभिड–१९ का कारण विक कार्यरत कम्पनी बन्द भएपछि उहाँ दुबईमा अलपत्र परेका हुन् । आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण उहाँलाई घर फर्काउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका, वडा, अरुणखोलावासीलगायतबाट रकम सङ्कलन भएको बताए ।


प्रतिक्रिया दिनुहोस्