हिमालय एयरलाइन्सद्धारा काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै ८औं गन्तव्यका रुपमा कुवेतमा उडान सुरु गरेको हो । छैठौँ गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ०९ः१७ बजे काठमाडौँ अवतरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

एअरलाइन्सले एयरबस ३२० विमानबाट हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्