नेपाल इको प्यानलले “कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२” लाई सहयोग गर्ने प्रकाशित मिति : 15 July, 2022 4:06 pm काठमाडौं । वातावरणमैत्री निर्माण सामाग्रीमा जोड दिंदै आएको नेपाल इको प्यानलले साइकलिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ । यस अन्तर्गत शनिबार भक्तपुरमा हुने कोरा भक्तपुर साइकलिङ च्यालेन्ज २०२२ मा सहयोग गर्ने भएको छ । च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर इको प्यानलले नेपालले सहयोग गर्ने भएको हो । साइकलिङ च्यालेन्ज विहान भक्तपुरको दरवार स्क्वायरबाट सुरु हुनेछ ।नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि वढेको भएर आफूहरुले सहयोग गरेको जनाए । वातावरणमैत्री हुनुपर्नेमा जोड दिंदै त्यही अनुसारको निर्माण सामाग्री उत्पादन गर्दै आएको आफूहरुले आफूहरुको अभियानमा सहयोग गर्ने भएकोले सहयोग गर्दै आएको सीईओ ईन्जिनियर दुवालले जनाए । साइकल संस्कृतिले एकातिर वातावरण प्रदूषण हुनबाट जोगिन्छ भने अर्काेतिर धेरै हिसावले फाइदा पुग्ने उनको भनाई छ । त्यसकारण साइकल संस्कृतिलाई जोड दिनुपर्ने उनको जोड थियो । साइकल कनेक्ट भक्तपुरले साइकलिङ च्यालेन्जबारे जानकारी दिन शुक्रबार गरेको पत्रकार सम्मेलनमा इन्जिनियर दुवालले काठमाडौ उपत्यकामा साइकल लेन बनाउनुपर्नेमा जोड दिए । यसो भए साइकल संस्कृतिलाई अगाडि वढाउन सहज हुने उनको विश्वास थियो । अहिले साइकलन नचलाउनुको मुख्य कारण सुरक्षा भएको उनेको बुझाई छ । यही कारण साइकल लेनको विकास गरी साइकल संस्कृतिलाई बढावा दिनुपर्ने उनको माग छ । शनिबारको साइकल च्यालेन्ज दरवार स्क्वायरबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, वेसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम तय गरिएको जनायो । प्रतियोगिता अन्तर्गत ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरिएको छ । भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम गर्न लागेको सम्मेलनमा जनाइयो । साथै कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरी कोष स्थापना गर्नका लागि पनि कार्यक्रम गर्न लागेको जानकारी गराइयो । कार्यक्रमबाट ६ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य लिइएको छ ।प्रतियोगितामा भक्तपुरसहित काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरानलगायतका सहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।