इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास

काएरो, इजिप्ट / इजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ । इजिप्टको उच्च अदालतले उहाँको अपिलमाथि सुनुवाई गर्दै अन्तिम निर्णय सुनाएको हो । निर्णयअनुसार बादी तथा उहाँको समूहका १७ सदस्यले सशस्त्र हडतालमा सम्लग्नता जनाएको तथा विरोधिको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्