काठमाडौं वल्ड स्कुलको ओपन हाउसमा रमाए एसइइका विद्यार्थी प्रकाशित मिति : 27 June, 2022 1:37 pm काठमाडौ । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइइ दिएर बसेका विद्यार्थी रमाएका छन् । एसइइ दिएर वसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको कार्यक्रममा विद्यार्थीहरु विशेष गरेर कन्सर्टमा रमाएका हुन् । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछिको दिशानिर्देश दिनुका साथै मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौ वल्र्ड स्कुलकी मार्कटिंग एण्ड एडमिसन प्रमुख आरती आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइन् । उनका अनुसार पुननपुग एक हजार विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई प्रवेश पत्रको आधारमा निःशुल्क प्रवेश गराइएको थियो ।कार्यक्रममा सहभागी हुन काठमाडौ, ललितपुर र भक्तपुरबाट आउन चाहने एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था स्कुलले गरेको थियो । काठमाडौंको लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमि भक्तपुरको लागि थिमि चोकमा विहान १० बजे गाडीको व्यवस्था रहेको थियो । साथै भक्तपुरको पाण्डुबजारबाट भने दिनभरि नै प्रत्येक आधाआधा घण्टाको फरकमा स्कुलले गाडीको व्यवस्था गरेको थियो । कार्यक्रममा सहभागी विद्यार्र्र्थीलाई एसईईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी गराइएको थियो । साथै उनीहरुलाई विभिन्न तरिकाबाट मनोरञ्जन दिलाइएको थियो । कार्यक्रममा सहभागी हुन भक्तपुरको जितपुरबाट आएकी सन्ध्या घोरसाइनीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् । भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यामिक विद्यालयबाट एइइ दिएर बसेका उनी स्कुलमा अध्ययनको लागि बुझन कार्यक्रममा सहभागी भएको बताउँंछिन् । स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा रहेको छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा रहेको छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भबनहरु रहेका छन् । कार्यक्रममा सहभागी हुन तराईको महोतरीबाट आएका बताउने रोशनकुमार महराले गाउँंमै एसइइ दिएको र अव यो स्कुलमा पढन चाहेको बताए । यसैका लागि आफू कार्यक्रममा सहभागी हुन आएको उनले बताए । आफूले मनोरञ्जनमा भन्दा पनि कलेजको पढाईकोबारेमा बुझेको उनले सुनाए । आफूले यहाँं विज्ञान संकाय लिएर पढन चाहेको उनले जनाए । स्कुलमा विज्ञान, व्यवस्थापन र ए लेभलको कक्षाहरु सञ्चालन हुन्छन् ।