सेञ्चुरी बैंकको ताप्लेजुङ शाखाले दियो भानुजन जन माविलाई ३० थान डस्बिन प्रकाशित मिति : 11 June, 2022 9:19 am काठमाडौं । ताप्लेजुङस्थित फुङलिङ सेञ्चुरी कर्मशियल बैंकको शाखाले भानुजन माध्यमिक बिद्यालयलाइ फोहोर राख्ने भाँडा (डस्बिन) प्रदान गरेको छ । शुक्रबार सदरमुकाम फुङलिङस्थित रहेको उक्त बिद्यालयलाई ३० थान डस्बिन प्रदान गरेको हो । सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग प्रदान गरेको बैंकका शाखाका प्रवन्धक बिष्णु बिक्रम खड्काले जानकारी दिए । खड्काले भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईलाइ डस्बिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भानुजन माविका प्रअ राईले बिद्यालयले मसिना र अस्थायी प्रकृतिका डस्बिनहरु प्रयोग गर्दै आइरहेकोमा प्राप्त डस्बिनहरुमार्फत फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए । सामुदायिक बिद्यालय भानुजन सरकारले घोषणा गरेका नमूना भित्र पर्छ ।