पेट्रोल डिजेल र मट्टीतेलको मूल्य १० रूपैयाँले घट्यो, ग्यास यथावत
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहिबार राति १२ बजे देखि लागू हुने गरी डिजेल, पेट्रोल र मटितेलको मूल्य प्रति लिटर १० रूपैयाँले घटाएको हो ।
बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि निगमले मूल्य समायोजन भएको हो ।
त्यस अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।
यद्यपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।