दुई दिन सार्वजनिक बिदा : सरकारका विश्वविद्यालयहरुलेनै कार्यन्वयन नगर्ने

काठमाडौं । सरकारले जेठ एक गतेदेखि कार्यन्वयन हुने गरी लागु गरेको दुई दिन बिदा देशमा रहेका सरकारका विश्वविद्यालयहरुलेनै नदिने भएका छन् । सरकारको निर्णयले उल्टो नतिजा दिने भएकोले कार्यन्वयन नगर्ने भएका हुन् ।

देशमा संचालित सबै विश्वविद्यालयहरुले आ–आफनो बिश्वविद्यालयभित्र छलफल गरि दुई दिनको बिदाले ठूलो शैक्षिक क्षती हुने भएकोले बिदा नदिने निर्णयमा पुगेको जनाएका छन् ।

विश्वविद्यालयहरुमा पहिलेदेखिनै पाठ्यक्रमले तय गरे अनुसार पाठ्यभार ६ दिनको भएको र त्यही अनुसार परीक्षा, कक्षाभार, शैक्षिक क्यालेन्डर तय भएकोले दुई दिन बिदा दिएर पाठ्यभार ५ दिनमा पुरा गर्न असहज भएकोले आइतबार थप बिदा दिन नमिल्ने त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशनल दहालले स्पष्ट पारेका छन् ।

जेठ ४ गते सुदूर पश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख भवानीदत्त पाण्डेयले सार्वजनिक सूचना प्रकासित गरि दुई दिन बिदा गर्दा विश्वविद्यालयका पूर्व निर्धारित शैक्षिक कार्यक्रमहरु प्रभावित हुने भएकोले आइतबार बिदा नदिइने प्रष्ट पारेको छ ।

वैशाख १३ गते मन्त्रिपरिषद्को निर्णयले जेठ १ गतेदेखि लागु हुने गरि हप्ताको दुईदिन शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्