माओवादी केन्द्र ताप्लेजुङले विजयीलाई बधाई साथै निर्वाचनमा खट्नेलाई दियो धन्यवाद

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्पलेजुङले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी जिल्लाबासी सबैलाई धन्यवाद साथै विजयीलाई बधाई दिएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रले मतदान प्रकृयामा सहभागी मतदाता एवम् निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिने कर्मचारी, सुरक्षाकर्मी, अधिकारकर्मी, पेशाकर्मी, पत्रकार लगायत सम्पूणर् पार्टी कमिटीहरु अगुवा कार्यकर्ता सबैलाई धन्यवाद व्यक्त गरेको हो । साथै नौ स्थानीय तह र नौ स्थानीय तह अन्तरगतका ६१ वटै वडाहरुमा नवनिर्वाचित जनप्रतिनीधिलाई बधाई समेत दिईएको छ ।

पार्टीका जिल्ला संयोजक विष्णु कुमार लिम्बू (बिरु) द्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ,“स्थानीय तहको निर्वाचन २०७९ मा हाम्रो पार्टीलाई माया गरेर नेपालको उदयीमान शक्तिको रुपमा विभिन्न भ्रमहरुलाई चिर्दै शक्तिशाली पार्टीको रुपमा जनताद्धारा पुनःअनुमोदन गरी स्थानीय स्तरमा काम गर्ने अवसर प्रदान गरि दिनु भएको छ । जसका निम्ती सम्पुणर् न्यायिक मतदाता र चुनावी गठबन्धन पार्टीहरुमा विशेष आभार प्रकट गर्दछौं । यस जिल्लामा गठबन्धनमा अपेक्षाकृत सफलता नभएपनि आधारभुत मात्रामा सफलता मिलेको छ । जहाँ हाम्रो गठबन्धन हार भएको छ उक्त ठाउँहरुमा समिक्षा अवश्य गरिने छ । जुन हारबाट नयाँ कुरा अवश्य सिकिने छ । क्रान्तिकारीहरु कहिल्यै हार मान्ने छैन्न । हरेष मान्ने छैनन् । निरन्तर संघर्षका बाटोमा अघि बढि रहने छन् र एक दिन विजयको झण्डा फरफराउने छन् । त्यसैले हाम्रो पार्टी कमिटी, शुभेच्छुक, सर्मथकहरुमा दृढ विश्वासका साथ अविचलित रुपमा उभिई निरन्तर जनत र पार्टीको काममा रहन हार्दिक अपिल गर्दछु ।”

वैशाख ३० गते भएको निर्वाचनको देशभर मत परिणाम आउने क्रम जारी छ भने जस अन्तरगत ताप्लेजुङ जिल्लाको भने अन्तिम मत परिणाम मंगलबार नै सार्वजनिक भएको छ ।जसमा फत्ताङलुङ र मैवाखोला गरि २ गाउँपालिका अध्यक्ष, मिक्वाखोला, सिद्धिङ्वा र सिरिजङ्घा गरि ३ गाउँपालिका उपाध्यक्ष सहित १० वडा अध्यक्षमा माओवादी केन्द्र ले विजयी हासिल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्