आठराई त्रिवेणी ५ मा माओवादीका लक्षुमन राई विजयी


ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) लक्षुमन राई ३८८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रस्पिर्धी एमालेका सन्तोष लिम्बुले ३०१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यतर्फ गठबन्धन कै तर्फबाट काँग्रेसका तिलकमान लिम्बू (आङबुहाङ)ले ३९१ र सञ्जु आङबुहाङले ३४० मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यमा काँग्रेस कै चन्द्रा शेर्पा लिम्बु ३५७ साथै दलित महिला सदस्यमा गीता देवी विश्वकर्मा ३५९ मत ल्याएर विजयी भएका छन् । आठराई त्रिवेणीमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेर चुनावमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्