नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न प्रकाशित मिति : 28 April, 2022 8:12 am काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखाको आयोजनामा अभिकर्ता भेटघाट, अन्तरक्रिया, सम्मान तथा क्षमता अभिवृद्धि तालिम भव्यताका साथ सम्पन्न गरेको छ । ताप्लेजुङको फुङलिङमा आयोजित कार्यक्रममा बीमा अभिकर्ताहरुले तालिम प्राप्त गरेका छन् ।कार्यक्रममा बीमा अभिकर्ताहरुलाई बजारिकरण, बीमा पोलिसी तथा रणनीतिका सम्बन्धमा तालिम प्रदान गरिएको छ । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध एक सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको सहभागी भएका थिए । उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने एजेन्सी मेनेजर तथा बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । इन्स्योरेन्स ताप्लेजुङ शाखाका प्रमुख हिमाल राईले जीवन बीमा आम सर्वसाधारणको जोखिम रक्षावरण र बचत दुवैका लागि महत्वपूर्ण भएकोले विकट गाउँ वस्तीका जनतालाई यस कार्यक्रममा सहभागी गराउन आह्वान गरेका छन् ।