एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान
काठमाडौं । नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
आज पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा एमालेले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । आज नै पार्टीको केन्द्रीय कार्यालय पनि सारिँदै छ ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ७३ औं स्थापना दिवसको अवसरमा नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासल दिउँसो १ बजे कार्यक्रम राखिएको बताए ।
यसैगरी आज, विभिन्न कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने तथा विभिन्न दलका नेता तथा कार्यकर्तालाई पार्टीमा पनि प्रवेश गराइने बताइएको छ ।