सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन
काठमाडौं । स्थानीय तहको चुनावमा महानगर र उपमहानगरको सिट बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरूले महानगर र उपमहानगरमा नेतृत्व दाबीको प्रस्ताव गरेका छन् ।
सत्ता गठबन्धनaबीच महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाटै टुंगो लगाउने सहमति भएको छ ।