ट्विटर अब निःशुल्क नहुने प्रकाशित मिति : 1 April, 2022 8:17 am काठमाडौं । ट्विटरको ट्विटडेक अब निःशुल्क नहुने भएको छ । ट्विटडेकको नयाँ भर्जन ट्विट ब्लु सर्भिसको हिस्सा हुनेछ । रिभर्स इन्जिनियरिङ एक्सपर्ट जेन मनचुव वोंगले ट्विटरले ट्विटडेकलाई शुल्कमा आधारित (पेमेन्ट बेस्ड सर्भिस) सेवाका रुपमा लन्च गर्न लागेको दाबी गरेका छन् । यसलाई ट्विटर ब्लु सर्भिसमा समावेश गरिनेछ । नयाँ अपडेटपश्चात प्रयोगकर्ताहरुलाई एडभान्स सर्चको अप्सन पनि प्रदान गरिनेछ । नयाँ अपडेटमा फोटोज, भिडियो, जिफ र इमोजीका बारेमा समेत कयौँ बदलावहरु देखिनेछ । गत वर्षको जुलाइमा ट्विटरले ट्विटडेकको डिजाइनमा ठूलो परिवर्तन गरेको थियो । ट्विटडेक ट्विटरको एउटा वैकल्पिक प्लेटफर्म हो । जसका माध्यमबाट एकैपटक धेरै अकाउन्ट एक्सेस गर्न र थुप्रै अकाउन्टहरुको फिड एकैसाथ देख्न सकिन्छ । ट्विटडेकमा कयौँ यस्ता फिचर्सहरु छन्, जुन ट्विटरमा उपलब्ध छैनन् ।