मेयर कपको उपाधि सिदिङ्वा गाउँपालिकालाई
ताप्लेजुङ । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा गत चैत्र ९ गतेबाट जारी पालिका स्तरीय मेयर कप पुरुष भलिबलको उपाधि सिदिङ्वा गाउँपालिकाले हात पारेको छ ।
फुङलिङ नगरपालिकाले आयोजना गरेको मेयर कप अन्तर पालिका स्तरीय भलिबल प्रतियोगितामा उपाधिका लागि सिरिजङ्घा र सिदिङ्वा गाउँपालिका विच प्रतिस्प्रधा भएको थियो ।
सिदिङ्वाले पाच सेटमा तिन सेट आफ्नो पक्षमा पारेको हो । सिदिङ्वाले २५–१९ , २५–२२, २५–२० को स्कोरमा जित निकालेको हो । सिरिजङ्घा गाउँपालिकाले एक सेट मात्र जिते पछि उपविजेतामा सीमित भएको छ ।
प्रतियोगितामा ताप्लेजुङका सम्पूर्ण ९ वटा पालिकाहरूको सहभागिता रहेको थियो । खेल लिगकम नकआउट प्रणालीका आधारमा खेलाइएको थियोे । विजेता सिदिङ्वा गाउँपालिकाले नगद रु दुई लाख ५० हजार १ सय साथै मेडल प्रमाण पत्र र कप हात पारेको छ ।
उपविजेताले एक लाख ५० हजार १ सय साथै मेडल प्रमाण पत्र र कप प्राप्त गरेको छ । यस्तै तृतीय हुने पाथीभरा याङवरक र फक्ताङलुङ गाउँपालिकाले नगद रु ४० हजार १ सयका साथ मेडल प्रमाण पत्र र कप प्राप्त गरेका छन् ।
तेस्रो संस्करण को मेयर कप २०७८ को समापन कार्यक्रममा जिसस प्रमुख नगरप्रमुख, उपप्रमुख ,गाउपालिका प्रमुख, उपप्रमुख तथा कार्यलय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
२०७५ साल देखि वडा स्तरमा गरिएको मेयर कप पुरुष भलिबल प्रतियोगिता २०७६ बाट स्तर वृद्धि गरि अन्तर पालिका स्तरीय रुपमा खेलाउन थालिएको हो । गत वर्ष भने मिक्वाखोलाले उपाधी हात परेको थियो ।