‘दोस्रो ताप्लेजुङ सरोकार केन्द्र फुटसल कप’को उपाधि मिक्वाखोलाई
काठमाडौं । ताप्लेजुङ्गेहरूको अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ताप्लेजुङ घर भई काठमाडौंमा बसोबास गर्ने खेलाडीहरूलाई लक्षित गरी २०७८ चैत ५ गते शनिबार ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता भएको हो ।
ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा दोस्रो सरोकार केन्द्र फुटसल कप २०७८ आयोजनामा १३ टिम प्रतियोगी र २ मैत्रीपूर्ण महिला टिम सहभागी थिए । प्रतियोगितामा प्रथम मिक्वाखोला गाउँपालिका र दोस्रो मैवाखोला गाउँपालिका भएको छ ।
मिक्वाखोला गाउँपालिकाका खेलाडी देवी गिरिले सर्वाधिक गोल ६ गोल गरेका थिए भने उत्कृष्ट गोलकिपर मिक्वाखोला कै पुजन साँवा ए त्यसैगरी उत्कृष्ट खेलाडी भने मैवाखोला गाउँपालिकाका सन्त राई भएको सरोकार केन्द्रका उपमहासचिव तथा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सन्तोष मादेनले जानकारी दिए ।
प्रतियोगिताका विजेता मिक्वाखोला गाउँपालिकाले नगद ५१ हजार, सहित ट्रफी, मेडल, प्रमाणपत्र साथै उपविजेताले नगद ३१ हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार पाथीभरा देवी दर्शन केबलकार, दोस्रो पुरस्कार स्व। रामप्रसाद पालुङवा स्मृति प्रतिष्ठानबाट र उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई क्रमश रविन प्यासी, सुनिता थापा र प्रो। हिमालका सञ्चालक विनोद आचार्यले नगद सहयोग गरेका थिए ।
कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवा लगायत केन्द्रका सल्लाहकार शिव गुरुङ, ध्रुवनारायण श्रेष्ठबाट विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।