रुस – युक्रेन युद्ध : डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा प्रकाशित मिति : 8 March, 2022 11:21 am काठमाडौं । अमेरिकि डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि २०७६ चैत ४ गते डलरको भाउ १२३ रुपैयाँ २९ पैसा पुगेको थियो । सो पश्चात मंगलबार डलरको भाउले उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।