सुन आयातको कोटा घट्यो, अब दैनिक १० केजी मात्रै भित्रिन पाउने प्रकाशित मिति : 7 March, 2022 7:38 am काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ । केन्द्रीय बैंकले आइतबार एक निर्देशन जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको छ । राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो । आइतबार उक्त सिमा घटाएर १० केजीमा झारेको हो । पछिल्लो समय सुनको आयात बढ्दै गएको छ । मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो । यसअघि केन्द्रीय बैंकले चाँदीको आयातमा पनि कडाई गरेको थियो ।