बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो, आइतबार फेरि प्रयास गरिने प्रकाशित मिति : 2 January, 2022 10:11 am ताप्लेजुङ । चार दिनदेखि हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर रित्तै फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल फर्किएको हो । जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङका लाक्पाटाँसी शेर्पा र उनका १४ वर्षका छोरा पासाङ १४ गते बेलुकादेखि हिउँमा फसेका छन् । उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार फेरि प्रयास गर्नेगरी हेलिकप्टर सुकेटारमै राखिने वडाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो । उनीहरु चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका हुन । शनिबार बिहान ५ बजेतिर टेलिफोन गरेर हेलिकप्टरबाट आफूहरुको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । शुक्रबार दिउँसोदेखि टेलिफोन सम्पर्कमा रहेका उनीहरुले ओडारमा बसेको बताएको शेर्पा बताउँछन् ।