शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने
काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने भएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर अधिकतम ५ प्रतिशत हुने बताए ।
ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने अर्थमन्त्री पौडेलको भनाइ छ ।