करिब ४० वर्षदेखि भारतको जेलमा रहेका नेपालका दुर्गाप्रसादलाई छाड्न अदालतको आदेश प्रकाशित मिति : 18 March, 2021 7:34 am काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेल रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ तिम्सिनालाई रिहा गर्न आदेश दिएको हो । उनी सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेका थिए । उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्याइएको थियो ।