जीत लिम्बूको ‘मलाया हङकङ’ सार्वजनिक
काठमाडौं – गायिका सुनिता थेगिम र गायक तथा संगीतकार कृष्णभक्त राइको स्वरमा रहेको गीत ‘मलाया हङकङ’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रेन्वो रेज मिडिया च्यानलबाट सार्बजनिक गरिएको हो ।


निर्भिक राई र सोनिया लिम्बूको अभिनय रहेको भिडियोमा प्रकाश लिम्बूको निर्देशन रहेको छ भने छायांकन बिबी लिम्बू र डम्बर राइले गरेका छन् । बिबी लिम्बू र पर्शुराम थलङको सम्पादन रहेको छ भने कोरियोग्राफर दिनेश माङमुले गरेका हुन् ।



