संसदीय दलका उपनेता टंक आङ्बुहाङ, मुख्यमन्त्रीको दाबेदार प्रकाशित मिति : 8 May, 2020 6:57 pm ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने अवस्था आएमा आफ्नो दावी रहने बताएका छन् । दलको उपनेताको हैसियतले प्रदेश सरकारको नेतृत्वको दावी स्वाभाविक हुने बताउँदै आङ्बुहाङले पार्टीको पद्धति र संस्थागत निर्णयलाई भने आपूmले मान्ने बताउनुभयो । शुक्रबार समसामयिक राजनीतिक अवस्था र आगलागी लगायत ताप्लेजुङका घटनाक्रमका बारेमा सस्थानीय सञ्चारकर्मी भेटघाट गर्दै प्रदेशसभा सदस्य आङ्बुहाङले अहिलेको नेकपा भित्रको विवाद पार्टी बिभाजन उन्मुख नरहेको दावी गर्नुभयो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली नेतृत्वको सङ्घीय सरकारले दुईवटा अध्यादेश ल्याएसँगै नेकपाभित्र अहिले केही विवाद र तरङ्ग आएपनि त्यो बिस्तारै हल हुँदै जाने उनको भनाइ छ । तत्कालीन एमाले र माओवादी केन्द्र दुवैले टुटफुट र विभाजनको सामना गरेरै आएको बताउँदै ऐतिहासिक एकतामार्फत एउटै कम्युनिस्ट पार्टी निर्माणको अभियान सुरु भएकोले सानातिना आन्तरिक समस्या आउनु स्वाभाविक भएको उहाँले बताउनुभयो । यतिबेला पाटीभित्र आन्तरिक असझदारी हुँदै गर्दा कसैले नेकपा बिभाजन उन्मुख हुँदै गयो भन्नु गलत हुने उहाँको तर्क छ । उहाँले जिम्मेवारी र शक्ति बाँडफाँडसँगै संस्थागत कमजोरीलाई सुधारेर नेकपा अझ मजबुत बन्ने जानेमा आपूm विस्वस्त रहेको पनि बताउनुभयो । यता नेकपाभित्रको अहिलेको तरङ्गसँगै प्रदेश सरकारको नेतृत्व परिवर्तन सम्मका चर्चाहरु आइरहेका छन् । सोही चर्चाको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रदेश सरकारको नेतृत्व परिवर्तनका अवस्था आएमा आङ्बुहाङले आफ्नो दावी रहने बताउनुभएको हो । उहाँले ताप्लेजुङका अग्नि पीडितहरुका लागि राहात तथा पुनःस्थापनाका पहलका लागि आपूmले कहीँ पनि कमी हुन नदिने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारसँग समन्वय गरेर अग्निपीडितको पुनःस्थापनाका लागि पहले गर्ने बताउनुभयो ।