आयुष्मान र प्रियंकाले अदालतमा गरे कानुनी बिहे प्रकाशित मिति : 28 February, 2020 2:41 pm काठमाडौं, १६ फागुन / नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अदालतमा कानुनी विहे गरेका छन् ।उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन् । प्रियंका र देशराजको बिहेको चर्चा केही महिना देखि चलिरहेको थियो । त्यहि क्रममा उनीहरुले बिहीबार अदालत पुगेर एक अर्कालाई माला लगाई दिएर कानुनी विवाह गरे। त्यहाँ दुबै परिवारका सदस्य उपस्थित थिए ।