नोबेल अस्पतालको लापरबाहीले मृत्युको मुखबाट बचेकी भाग्यमानी आमा

हुन त बिराटनगरको नोबेल शिक्षण अस्पताल पटक पटक विवादमा तानिँदै आएको अस्पताल मध्ये एक हो । कहिले ‘लापरबाहीका कारण’ डाक्टरको मृत्यु, त कहिले अस्पतालमा डाक्टर नभेटिएपछि शिशुको ज्यान गुम्यो,कहिले प्रसूति गराउँदा विराटनगरको नोबेल अस्पतालमा आमाको मृत्यु, यस्तै यस्तै धेरै समाचारहरु सुन्दै हेर्दै आएको थिए । तर यस पटक त्यसको सिकार म आफै भए तर बालबाल बच्न सफल भए ।

प्रसगं २०७६ पुस २५ गते शुक्रबारको हो । मेरो ६७ बर्षिय आमा फुलमाया साँबा सामान्य बिरामी भई दिनको १२ बजे इमरजेन्सी कक्षमा भर्ना गराई बिरामीलाई भेन्टिलेटरमा राखियो तर डाक्टर र नर्सहरुको खासै नजर त्यतापट्टी महत्वताका साथ कहिले परेन् । मैले पटकपटक डाक्टर नर्सहरुलाई ध्यानकर्षण गराउँदा पनि सुनुवाई हुनुको सट्टा तपाईको मात्र बिरामी छैन भन्दै उल्टै गैरजिम्मेवार ढंगले ठुलो स्वरमा हप्काउने र झर्किने गथ्र्र्यो । तर मैले निरिह भएर सहनुको कुनै बिकल्प नै थिएन ।


भोली पल्ट शनिबार बिहान रातभर कष्टपुर्ण रुपमा राखिएको बिरामीको रिपोर्ट र अवस्था बुझ्न खोज्दा सबै ठीक छ आतिन्नु पर्दैन भन्दै शान्त पार्न खोज्थ्यो । तर मलाई त्यहाँको व्यवस्थापन बेवास्ता हेर्दा कता कता शंका लागिरहेको थियो । तर क्रमस बिरामीको सुधार हुदै जानुको सट्टा बिरामीको स्थिती झन जटिल हुँदै गएपछि मैले डाक्टर र नर्सहरुलाई खबर गरेर बुझ्न खोज्दा आज शनिबार हो छुटी छ तपाईको बिरामी लानु सक्नु हुन्छ भनेर सल्लाह दिए । तर भेन्टीलेटर झिकेको केहीबेरमै तपाइको बिरामी सेलाउँछ भनेपछि म एकछिन आत्तिए ।

तर त्यहाँ आत्तिएर पनि के गर्नु सम्हालिनुनै पर्ने बाध्यता थियो र म आमालाई गुमाउने निश्चित जस्तै भएपछि निरास हुँदै म आमाको डेडबडी हस्पिटलबाट निकाल्ने तयारी तिर लागे । हस्पिटल डा. र नर्सप्रति शंका हुँदाहुदै पनि उनीहरुको भन्दा बढि स्वाथ्यबारे चेतना नभएकोले म निरिह हुँदै भेन्टीलेटर झिक्न अनुमती दिए । तर भेन्टीलेटर झिक्ने क्रममा चरम लापरवार्ही र अमानवीय तरिकाले तानतुन गरेर झिकियो नाक मुखबाट २ फिट भन्दा लामो पाईपहरु ब्लडसरी देखियो जब ति पाईपहरु झिकियो तर उनीहरुको भनाई विपरित मेरो आमा सेलाउनु पर्नेमा तुरुन्त उहाँ होसमा आउनुभयो र बोलाउदा बोल्ने हुनु भयो त्यपछि मेरो खुसिका किरणहर फेरी उदाए ।

यसरी यो घटना सरसरी हेर्दा जो कोहीले पनि सजिलै अनुमान गर्न सकिन्छ कि भेन्टीलेटर पाइपका कारण बिरामी सिकिस्त भएकोे हो भनेर र मैले आमालाई तुरुन्त बिराटनगरकै अर्को एक निजी हस्पिटल गोल्डेन हस्पिटलमा लाने निधो गरी त्यहाँ पुर्याए र ईमेरजेन्सीमा भर्ना गरियो र डाक्टरलाई बुझ्दा बिरामी ठीकै भएको र आतिहाल्नु पर्ने स्थिती छैन भन्नु भयो सोडियमको कमीले र छातीको ईन्भेक्सन छ भन्नु भयो । त्यसपछि केही हदसम्म हतास र निरास भएको मेरो मन शान्त भयो । नोबेल हस्पिटलले बिदाई गरेको मेरो आमा अहिले सकुसल हुनुहुन्छ । म लगायत सबै परिवार खुसि छौं । त्यसैले नोबेल हस्पिटलको सेवा सुविधाप्रति,अविस्वास मात्र होइन मलाई हस्पिटलको नियत प्रति पनि शंका छ ।

त्यसैले त्यसैले यस्ता सोझासाझा जनता ठग्ने हसिपटलहरु बिरद्ध आवाज उठाउनु पर्छ र जति ठगिएका छन उनीहरुले न्याय पाउनुपर्छ बाँकी अनविज्ञ जनताहरु ठगिनु हुदैन भन्ने मेरो मान्यता हो । कुनै काल्पनिक र प्रतिशोतले मैले लेखेको छैन त्यसैले नोबेल हस्पिटल देखी होसियार रहनु होला मेरो आमाको जस्तो पिडा अरुले भोग्नु नपरोस् भनेर आज यो कुरा अरुणपोष्ट अनलाईन बाट सार्वजानिक गर्दैछु ।

र अन्त्यमा नोबेल हस्पिटल बिराटनगरको चरम लापरवाही र गैरजिम्मेवार असंम्बेदनशिल कार्यले मैले मेरो सृष्टिदाता ममतामयी आमा फुल माया साँबा (पताङ्वा) को स्वाथ्यमा गम्भिर खेलवाड गरेकोप्रति खेद प्रकट गर्दै कार्वाहीको माग पनि गर्न चाहान्छु।
लेखक : धनजित साँबा पिडित आमा फुल माया साँबा (पताङ्वा) को छोरा हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्