सैन्य कमान्डर सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा ३५ को मृत्यु 0 Shares २२ पुस २०७६, मंगलबार काठमाडौं अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। गृहनगर केर्मानमा सुलेमानीको समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन्। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्।